नियम ६
हिरासतमा राख्ने कार्यविधि
(१) कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कुनै व्यक्तिलाई चौबीस घण्टाभन्दा बढी अवधि हिरासतमा राख्नु पर्ने भई ऐनको दफा ७५ को उपदफा (३) बमोजिम कमाण्डिङ्ग अधिकृतले प्रतिवेदन पठाउँदा हिरासतमा रहेको व्यक्ति उपरको अभियोग, त्यसको आधार, निजलाई हिरासतमै राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने कारण र निजको बयान कागज भई सकेको भए बयानको व्यहोरा समेत स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन पर्न आएमा प्रधान सेनापतिले सम्बन्धित कागजात हेरी अनुसन्धान तथा तहकिकात सन्तोषजनक रूपमा भए वा नभएको र हिरासतमा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने अवस्था विद्यमान रहे वा नरहेको सम्बन्धमा विचार गरी अनुसन्धान तथा तहकिकात सन्तोषजनक रूपमा भई रहेको र हिरासतमै राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने अवस्था विद्यमान रहेको देखेमा हिरासतमा राख्न अनुमति दिन सक्नेछ ।